अर्गानिक खेती: किरा व्यवस्थापन एउटा मुख्य‌ चुनौती

Chandanee Acharya

अहिले वर्तमान समयमा चेतना स्तरमा वृद्धि भएसँगै मानिस माझ अर्गानिक खाद्यवस्तुको खपत पनि बढ्दै गएको देख्न सकिन्छ।

Apple during harvest (टिपिएको स्याउ)
Image by Jill Wellington from Pixabay

एउटा यस्तो उत्पादन प्रक्रिया जहाँ माटोको स्वास्थ्य परिस्थितिक प्रणाली र मानिसको पनि स्वास्थ्य दिगो बनाउने हेतुले खेती गरिन्छ त्यो नै ‘जैविक खेती‘ अर्थात ‘अर्गानिक खेती‘ हो। व्यवसायिक दृष्टिले मात्र नहेरी मानव स्वास्थ्य देखी पृथ्वीमा रहेका विभिन्न घटकहरुलाई फाइदा हुने भएकाले अहिले यस किसिमको कृषि अभ्यास विश्वमा बढ्दो क्रममा छ। एकमात्र विवेकशील प्राणी भएकाले आफ्नो मात्र स्वार्थका लागि नभएर अहिलेको वर्तमान अवस्थामा वातावरणको दृष्टिले जैविक प्राणी ह्रास हुने क्रम भइरहेको हुँदा यो अभ्यास धेरैभन्दा धेरै किसानमाझ पुर्याउनु अति नै आवश्यक र उत्तिनै फाइदाजनक पनि छ।

यो कृषि अभ्यासमा कुनै पनि किसिमको प्रशोधित रासायनिक वस्तुहरु जस्तै किरा मार्ने रासायनिक विषादी, रासायनिक मल झार मार्ने रसायन जस्ता कुराहरु निषेधित नै हुन्छन्। अझ लगाउने बीउ पनि अर्गानिक नै हुन पर्ने, आनुवंशिक रूपबाट रुपान्तरित प्रविधिहरू प्रयोग भएको हुन नहुने जस्ता मापदण्ड पनि तोकिएका छन्। यस्ता खाद्यवस्तु फाइदाजनक र  स्वस्थकर हुँदाहुँदै उत्पादन गर्ने प्रक्रियामा ध्यान नपुर्याउने हो भने अलि जटिल हुन पुग्दछ किनभने हामीले कुनैपनि विषादीको प्रयोग बिना रोगकिरा नियन्त्रण गर्नुपर्ने, कुनैपनि विषादीको प्रयोग बिना गोडमेल गर्नु पर्ने र प्राङ्गारिक मल मात्र प्रयोग गर्नुपर्ने हुन्छ। अर्गानिक खेतीमा देखापर्ने एउटा मुख्य समस्या भनेको रोगकिराको व्यवस्थापन पनि हो। आधुनिक व्यवसायिक कृषि प्रविधिमा थुप्रै रसायनको प्रयोगले बम्पर कृषि उत्पादनका लागि हानिकारक मात्र नभई फाइदाजनक किरालाई पनि पूर्णरुपले नष्ट पारिदिन्छ। तर यो कुरा अर्गानिक कृषिमा भने मनाइ नै हुन्छ। बाँच्ने र बाँच्न दिने उद्देश्यमा केन्द्रित रहेको अर्गानिक कृषिकाे जैविक विविधता बचाउनु नै प्रमुख सिद्धान्त रहेको छ।

अर्गानिक खेतीमा किरा नियन्त्रण गर्न मुख्यगरी जैविक नियन्त्रण विधि र जैविक कीटनाशक को प्रयोग गरिन्छ।

LadyBug (लेडी बग किरा)
Image by Willfried Wende from Pixabay

जैविक नियंत्रण विधिमा प्रकृतिमा नै भएका मित्रु सिकारी किराहरुको संख्या बढाई, शत्रु कीराको संख्या घटाउने गरिन्छ। जस्तै प्राकृतिकरुपमा स्त्री स्वभावको खपटे किराले बालीलाई हानी गर्ने लाही, कत्ले किरा सेतो झिंगा र अन्य किराका अण्डा खाने गर्दछ। सिपाही खपटेले फट्याङ्ग्रा, पुतली, लाही, झुसिलकिरा खान्छ भने आँखा फोरूवाले फट्याङ्ग्रा, झ्याउँकिरी, रात्री पुतली खान्छ। अन्य मित्रु सिकारी किराहरु जस्तै, माकुरा, होभरफ्लाइ, ड्याम्सेलबग, कन्सुत्लो, जालीदार किरा, माटोमा पाइने मित्रु खपटे आदि ‌केही मित्रु सिकारी किराहरु रहेका छन्।

जैविक विषादीको प्रयोग: जैविक विषादीमा हामी सूक्ष्मजीवको, वनस्पतिको र जैविक परजीवीकाे प्रयोग गर्न सक्छौं। ब्याक्टेरिया, भाइरस, ढुसी जस्ता सुक्ष्मजीवको प्रयोग अथवा तिनीहरूबाट निस्कने विषालु पदार्थको प्रयोग गरी केही निश्चित किराहरू नियन्त्रण गर्न सकिन्छ जुन मानव स्वास्थ्य लागि भने हानिकारक हुँदैन। ब्याक्टेरिया जस्तै बेसिलस थुरिन्जेन्सिस; ढुसी जस्तै मेटारेजियम एनिसोप्लाइ; भाइरस जस्तै न्युक्लियर पोलिहाइड्रोसिस भाइरस आदिको प्रयोग गरि केही किरा नियन्त्रण गर्न सकिन्छ।

किरा नियन्त्रण गर्न च्याप च्याप लाग्ने टाँसिने पदार्थ पहिलो रंगमा मिलाएर प्रयोग गर्दा किराहरु आकर्षित गरी नियन्त्रण गर्न सकिन्छ। काठ दाउरा बालेर निस्केको खरानीलाई लाही तथा पात खाने किरा विरुद्ध प्रयोग गर्न सकिन्छ। १००भाग सिस्नु र १ भाग मर्चा मिलाएर बनाएको मीश्रणलाई १:१० पानीमा मिलाएर बारीमा छरेमा बिरुवाको वृद्धि र रोग किरा नियन्त्रण गर्न सहयोग हुन्छ। सयपत्री फूलको खास जात लाई साथी बालीका रुपमा वा कुटेर निकालेको झोल ‌माटोमा हुने जुका नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ। सोहीअनुसार गोदावरी फूल तथा पाइरेथ्रम बिरुवा पनि प्रयोग गर्न सकिन्छ। सुर्तीको झोल त्यस्तै अर्खुलको लहराबाट बनाएको झोल बाली भित्र्याउनु भन्दा एक हप्ता अगाडि प्रयोग गर्न सकिन्छ। निम र बकाइनोको मिश्रण पनि किरा नियन्त्रण गर्नको लागि प्रयोग गर्न सकिन्छ। इथाइलयुक्त रक्सीले र बिउलाइ‌ बेजातकोको बिउ सँग राख्दा पनि किराको नियन्त्रण हुन्छ।

बारीमा मात्र नभएर भण्डारमा पनि किरा नियन्त्रण गर्न पासो वा जाल राखेर, उज्यालो/ बत्तीको‌ पासो राखेर, खरानी मिलाएर, काला माटोको टुक्रा मिसाएर पनि गर्न सकिन्छ। बीउबिजनको प्रयोजनकालागि भण्डार गर्न तोरी वा तिलको तेल, अडिर को तेल प्रयोग गर्न सकिन्छ। बेजातको बिउ सँग मिसाएर राख्नाले पनि केहि हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

यसरी अर्गानिक खेतीमा विभिन्न तरिका अपनाएर रसायन प्रयोग नगरी किरा नियन्त्रण गर्नुपर्ने हुन्छ।

Similar Posts

Leave a Reply